१८ कार्तिक २०८३, मंगलवार

 

उद्योग व्यापार महासंघद्वारा जैशीको निधनमा श्रद्धाञ्जली सभा

बागलुङ । नेपाल उद्योग व्यापार महासंघको आयोजनमा अमृता देवी जैशीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाल उद्योग व्यापार महासंघका उद्योग उपाध्यक्ष टिकाराम जैशीका पुजनिय आमा तथा नेपाल उद्योग व्यापार महासंघ सुदुर पश्चिमकी कोषाध्यक्ष कल्पना जैशीको सासु आमा अमृता देवी जैशीको निधन भएको नवौं दिनको पुण्ये तिथिमा संस्थाले टिकापुरस्थित जैशीको निवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

महासंघले मृत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

स्मृति सभामा महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष बाबुराम पोख्रेल, एसोसिएट उपाध्यक्ष यज्ञ प्रसाद जैशी, महासचिव खिमनारायण पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी रोकाया क्षेत्री, उद्योग उपाध्यक्ष खिमानन्द पौडेल, सचिव दशरथ चन्द, नेपाल उद्योग व्यापार महासंघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मी, कोहलपुरका अध्यक्ष विष्णु खनालले मृतक आत्मा प्रति श्रद्धाञ्जली र परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका थिए ।

शोक सभामा टिकापुरका उद्योगी व्यवसायीको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव खिमनारायण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung