३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ टाईगरले वृक्षारोपण गरेर मनायो स्थापना दिवस

बागलुङ । लायन्स क्लब अफ बागलुङ टाईगरले वृक्षारोपण गरेर स्थापना दिवस मनाएको छ । क्लबले पर्यावरण संरक्षण र वातावरण रक्षाको लागि विभिन्न प्रजातिका बिरुवाहरू रोपेको क्लबले जनाएको छ। सर्वसिद्धिधाम पञ्चकोट परिषदमा रूद्राक्ष, पारिजात, वेलपत्र, मोरिङा (शितल चिनी), बुद्धचित्त लगायतका विरुवा रोपिएको छ ।

कार्यक्रममा सर्वसिद्धिधाम पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यले विरूवामा औषधिय गुण हुने भएकोले यसको बारेमा जनचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ जे नेपालका डिष्ट्रिक सिनियर कोचिफ एडभाईजर नरेश कँडेल र क्लबकी चार्टर प्रेसिडेन्ट एवं जोन नं ५ कि जोन चियरपर्सन मिना जिसी कँडेलले मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू, पञ्चकोट विकास परिषदका पदाधिकारी सदस्य, नेपाल प्रहरी तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रम लायन्स क्लब अफ बागलुङ टाईगरका अध्यक्ष प्रेम ढकालको अध्यक्षता र सचिव आकाश रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ बागलुङ टाईगर आफनो क्लबका सदस्यको नेतृत्व विकासका साथै मानविय, पर्यावरण, शैक्षिक, सामाजिक र जनस्वास्थ्य क्षेत्रमा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung