४ श्रावण २०८३, सोमबार

 

मन्दिर निर्माणमा सहयोग गर्नु भएका ८१ जना जेष्ठ नागरिक सम्मानित

बागलुङ। पाञ्चायन मन्दिर सेवा समिति बागलुङले ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । साउन महिनाको अन्तिम सोमबार भगवान शिवजीको पुजाआराधना सहित मन्दिर निर्माणमा योगदान पुर्‍याउने ८१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश नातिबाबु लामिछाने र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ रेग्मीले जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश लामिछानेले कठिन परिस्थीतिमा मन्दिर निर्माण गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्नपाउनु गौरवको कार्य भएको बताउनुभयो ।

२०५३ शालमा स्थापना भएको यस मन्दिरमा हरेक वर्ष शिवरात्रि र साउन महिनामा शिवजीको विशेष पूजाआराधना हुने गर्दछ ।

साउनको अन्तिम सोमबार राधाकृष्ण मन्दिरको भजन टोली र स्थानीयको बाक्लो उपस्थितिमा पूजाअर्चना सहित भजन किर्तन गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रम पाञ्चायन मन्दिर सेवा समितिका अध्यक्ष विश्वनाथ रेग्मीको अध्यक्षता र राधाकृष्ण मन्दिर सेवा समितका अध्यक्ष रमेशकुमार राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung