३ श्रावण २०८३, आईतवार

 

कालिगण्डकी करिडोरमा भीषण पहिरो, बागलुङ खण्ड पुन अवरुद्ध

बागलुङ । कालीगण्डकी करिडोरमा भिष्ण पहिरो खसेको छ । ठुला चट्टान सहितको पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड पुन अवरुद्ध भएको छ । चार दिनपछि मंगलबार मात्रै खुलेको पहिरो पुन बुधबार दिउँसोदेखि अबरुद्ध बनेको छ ।

करिडोरको बागलुङ–बलेवा खण्ड अन्तर्गतको बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा माथिबाट आएको चट्टान सहितको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक केशव थापाले बताउनुभयो ।

पहिरो निरन्तर खसिरहेको र पहिरो भीषण भएकाले तत्कालै खुलाउन सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको सिधा यातायात टुट्दै आएको छ भने करिडोरबाट बुटवल सम्मको लामो यातयात अबरुद्ध बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung