बागलुङ । एभरेष्ट बैंकले ६।५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजना सार्वजनिक गर्दै दुवै कर्जा सरल र सस्तो ब्याजदरमा उपलब्ध गराउन लागेको हो।
चाडपर्व लक्षित योजना सार्वजनिक गर्दै बैंकले छिटो ऋण प्रकृया र सरल कागजी प्रकृया, ३५ वर्षसम्मको लचिलो ऋण अवधि, सरल मासिक किस्ता, सेवा शुल्कमा आकर्षक छुट दिएको छ।
बैंकले परिवर्तित ब्याजदरमा आधारदर (बेसरेट) मा १.२५ प्रतिशत प्रिमियम जोडेर ६.५२ प्रतिशतमै सवारी र घर कर्जा उपलब्ध गराउने छ। हाल बैंकको बेसरेट ५.२७ प्रतिशत रहेको छ।
बैंकले यी कर्जाका लागि सेवा शुल्कमा समेत ०.२५ प्रतिशत छुटको व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकहरुले ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन्।
बैंकको विशेष योजनामा परेको सवारी कर्जा र घर कर्जामा ग्राहकले ०.५० प्रतिशतमात्रै सेवा शुल्क तिर्नुपर्छ।
यस्तै, बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजनामा स्थिर ब्याजदरमा ७.४९ प्रतिशतमा घर कर्जा ७ वर्षसम्मका लागि उपलब्ध गराउँछ। यो कर्जा पुनस्ब्याजदर मूल्यांकन गर्दै ३५ वर्षसम्मको लागि उपलब्ध गराइने बैंकले जनाएको छ।
सोही योजनाअन्तर्गत बैंकले सवारी कर्जा स्थिरमा ५ वर्षको लागि ७.४९ प्रतिशत र ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ। नियामकीय प्रावधानअनुसार मूल्यांकनको अधिकतम कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।













































































































































































































