३ श्रावण २०८३, आईतवार

 

लग्जरी बसमा बागलुङ–काठमाण्डौ रात्री सेवा

बागलुङ । धौलागिरी गण्डकी यातायात सेवा प्रालीले लग्जरी बागलुङबाट–काठमाण्डौ रात्रीकालीन बस सेवा सञ्चालन गरेको छ ।धौलागिरी गण्डकी यातयात सेवा प्रालीका अध्यक्ष उमेश केसीले बागलुङबाट काठमाण्डौसम्म एक हजार सात सय भाडामा सोफामा बसेर यात्रा गर्न सकिनेगरी बस सञ्चालन गरिएको बताउनुभयो ।

बसमा एसी, हिटर, फ्यान, खाजा लगायतका अतिरिक्त सुविधा रहेका छ भने अटोमेशन सोफालाई सिटको रुपमा राखिएको छ ।४० सिटे बसलाई स्तरीय सोफा सहितको बनाएर २८ सिटे बनाएर सेवा दिन थालिएको छ ।

केसीले बागलुङदेखि काठमाण्डौ जाने यात्रुहरुको सेवालाई मध्यनजर गर्दै रात्रीकालीन सेवामा स्तरीय बस सञ्चालनमा ल्याएको बताउनुभयो ।

स्तरीय बसको अभावमा पोखरा पुगेर बस चढ्ने यात्रुका लागि बागलुङबाट पोखराकै भाडा दरमा सेवा दिन थालिएको हो । यही सुविधाको बसले पोखरा–काठमाण्डौ भाडा एक हजार सात सयका दरले लिदै आएको केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung