३ श्रावण २०८३, आईतवार

 

बजाजको ग्राण्ड एक्सचेन्ज मेला बुर्तिबाङ बजारमा

बागलुङ । बागलुङको बुर्तिबाङ बजारमा बजाज कम्पनीको ग्रान्ड एक्सचेन्ज मेला सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने मेलाका अवसरमा नयाँ मोटरसाइकल बिक्री, पुराना एक्सचेन्ज तथा मर्मत गरिने शिव शक्ति अटोमोबाइल्सका सञ्चालक शिव शंकर साहले बताउनु भयो ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ सिनेमा रोडमा सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा यहाँका मोटरसाइकल खरीद विक्री कर्ताले सहज र सरल रुपमा सेवा प्राप्त गर्ने जनाइएको हो । बजारमा यस्तो प्रकारको सेवा प्राप्त भएपछि आफूहरुलाई मोटरसाइकल मर्मत गर्न, एक्सचेन्ज गर्न र नयाँ खरीदमा सहजता भएको सेवाग्राहीको भनाई छ ।

भाद्र ८ गतेदेखि शुरु भएको यो अफर १३ गतेसम्म लागू हुनेछ । ग्राहकहरूले बुर्तिबाङमा मगाएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

ग्रान्ड एक्सचेन्ज मेला बजाज मोटरसाइकलका विभिन्न मोडेलका मोटरसाइकल सुपथ मूल्यमा विक्रीको लागि राखिएको र खरीदकर्ताले मोटरसाइकल खरीदमा वित्तीय सुविधा पनि पाउने सञ्चालक शिव शंकर साहले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

एक हप्तासम्म मेला सम्पन्न गरेपछि चाँडै बुर्तिबाङ क्षेत्रमै स्वरुप स्थापना हुने व्यवसायी जितबहादुर कुवँरले बताउनुभयो । बुर्तिबाङ क्षेत्रमा हालसम्म कुनैपनि मोटरसाइकलको स्वरुम छैन ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung