४ श्रावण २०८३, सोमबार

 

आज गणेश चौथी, बागलुङमा जोर गणेशको रथ यात्रा

बागलुङ । बागलुङ बजारमा गणेश भगवानको रथयात्रा निकालिएको छ ।प्रत्येक वर्ष गणेश चतुर्थीको दिन राधाकृष्ण टोलस्थित मन्दिर परिसरबाट रथयात्रा शुरु हुन्छ। बुधबार धिमेबाजासहित भगवानको रथलाई बागलुङ बजार परिक्रमा गराइएको थियो ।

प्रत्येक वर्ष व्यवस्थित रुपमा गणेश भगवानको रथयात्रा निकाल्ने परम्परा भएको जोर गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमसेन श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।

भगवानको पूजा आरधना गर्यो भने मनोकामना पुरा हुने विश्वास रहेको जोर गणेश मन्दिर व्यवस्थापन समितिका सचिव पवन कुमार श्रेष्ठले बताउनुभयो ।

गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राम बस्नेहरूलाई सम्हयबजी बाँडिने परम्परा रहेको छ ।

बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित जोर गणेश मन्दिर बागलुङ बजारको इतिहास बोकेको पुरानो मन्दिरमा पर्दछ । बागलुङ सदरमुकाममा बसोवास गर्ने नेवार समुदायले पहिला गणेशको पूजा गरेर मात्रा अन्य देवी देवताको पूजा गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung