३ श्रावण २०८३, आईतवार

 

बागलुङको मालढुङ्गासहित चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

बागलुङ । बागलुङको मालढुङ्गामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं तिहार नजिकिएसँगै बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गामा यात्रु सहायता कक्ष घटस्थापनाको दिन स्थापना गरिएको छ । यात्रु सहायतका कक्षको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछि बोल्दै गुरुङले चाडवाडमा यात्रु ठगिन नदिन र यात्रुको सुरक्षाको लागि सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गा, जिल्ला ट्राफिक कार्यालय बागलुङको परिसर, गलकोटको हटिया बजार र वुर्तिवाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै भाडा दरको सूचना बोर्ड सहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung