बागलुङ । ताराखोला गाउँपालिका-१ स्थित गाईघाट झरना नजिकै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जिप गाईघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षीय मिलन परियार, ४३ वर्षिय विरवल परियार घाईते हुनभएको छ ।
घाईते मध्ये २६ वर्षीय थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ । जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो ।घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।













































































































































































































