२१ भाद्र २०८३, आईतवार

 

लायन्स क्लब अफ सेयरिङ हेपिनिसद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

बागलुङ । लायन्स क्लब अफ सेयरिङ हेपिनिसले विद्यालयका लागि कम्प्युटर प्रदान गरेको छ । बागलुङ नगरपालिका-६ मा रहेको जयनारायण कौशिल्या संस्कृत गुरुकुलमव विद्यालयलाई दुई थान कम्प्युटर प्रदान गरिएको हो । करिब ५० हजार बराबरका कम्प्युटर गुरुकुलममा नै पुगेर हस्तान्तरण गरिएको क्लबका चार्टर प्रेसिडेण्ट गिता क्षेत्री पौडेल जानकारी दिईन ।

विशेष गरी शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको क्लबले विगतका दिनहरुमा पनि विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्रीका साथ अन्य सामाग्रीहरु प्रदान गर्दै आएको थियो ।उक्त कम्प्युटर गुरुकुलका संचालिका श्री रङ्नायकका गोदादेवी अधिकारीलाई क्लबका अध्यक्ष शर्मिला थापाले कम्युटर हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयकी संचालिका अधिकारीले सामाजिक संस्थाको सहयोगले विद्यालयलाई ठुलो राहत पुगेको बताईन । उनले पछिल्लो समयमा संस्कृत विद्याप्रति मोह घट्दै गएको बेला यसरी विद्यालयलाई भौतिक सामग्री प्रदान गर्दा नयाँ सन्देश प्रवाह भएको बताईन।

कार्यक्रममा लायन्स क्लबका एरिया चिफ खगेश्वर पौडेल, रिजन चियरपर्सन रमेश शर्मा लायन्स क्लब हरेक सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताए ।कार्यक्रम क्लबका अध्यक्ष शर्मिला थापाको अध्यक्षता, चार्टर प्रेसिडेण्ट गिता क्षेत्री पौडेलको स्वागत र सचिव पवित्रा शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung