बागलुङ । ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य प्रकाश घर्ती, नेपाल मगर संघ जापान पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ जापानको सल्लाहकार सदस्य गंगबहादुर घर्ती, ८ नं टोल विकास संस्था अध्यक्ष टेकवहादुर घर्ती, शेरबहादुर घर्ती, खडकबहादुर घर्ती, वीरबहादुर घर्ती, भीमबहादुर घर्ती, झलक घर्ती मगर, छोरी मनिकला घर्ती र नेकपा माओवादी केन्द्र काठमाडौं उपत्यका समन्वय प्रदेश समितिका सदस्य तथा संविधान सभाको सदस्य केशरी घर्तीलाई मातृ शोक परेको छ ।
उहाँका ८० वर्षीय आमा टिकिमा घर्तीको शुक्रबार विहान ताराखोला गाउँपालिका २ ननगा गाउँको आफ्नै निवासमा निधन भएको हो ।
उहाँलाई शुक्रबार दिउँसो दाहसंस्कार गरिएको छ । घर्तीलाई नेकपा माओवादी केन्द्रका महाधिवेशन सदस्य चन्द्रबहादुर बुढा सागर तथा महाधिवेशन सदस्य ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकलगाएत पार्टीका सदस्य, जनप्रतिनिधि, आफन्त, शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
कार्यक्रमको सञ्चालन ताराखोला गाउँपालिका वडा नंम्बर २ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले गर्नु भएको थियो । नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले मृतक आत्मा प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
घर्तीको स्मृतिमा कार्तिक २६ गते बुधबार शोक सभा आयोजना गरिएको पार्टीले जनाएको छ ।
















































































































































































