२१ भाद्र २०८३, आईतवार

 

माओवादी केन्द्रद्वारा टिकिमा घर्ती प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङले ताराखोला गाउँपालिका-२ ननगा गाउँ निवासी टिकिमा घर्तीको स्मृतिमा आइतबार श्रद्धाञ्जली व्यक्त गरेको छ ।

ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य प्रकाश घर्ती, नेपाल मगर संघ जापान पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ जापानको सल्लाहकार सदस्य गंगबहादुर घर्ती, टेकवहादुर घर्ती, शेरबहादुर घर्ती, खडकबहादुर घर्ती, वीरबहादुर घर्ती, भीमबहादुर घर्ती, झलक घर्ती मगर, छोरी मनिकला घर्तीका आमा र नेकपा माओवादी केन्द्र काठमाडौं उपत्यका समन्वय प्रदेश समितिका सदस्य तथा संविधान सभाको सदस्य केशरी घर्तीको सासु आमा टिकिमा घर्ती प्रति नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे, नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरे, वाईसियलका सचिव नरेश केसी, घुरुकोट गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य भुपाल पोख्ररेल, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डेले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

घर्तीको ८० वर्षको उमेरमा गत कार्तिक ७ गते देहावसान भएको थियो ।श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा प्रकाश घर्तीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका कोषाध्यक्ष तथा गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राम प्रसाद कँडेलले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung