बागलुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीका विकासप्रेमी, शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी मानसिंह छन्त्यालले मानवसेवा आश्रमको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको लागि आर्थिक सहयोग गर्नु भएको छ ।
आश्रमको बागलुङ शाखाको भवन निर्माणको लागि सुरु हुन लागेको महायज्ञ– सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। महायज्ञ–२०७८ ९मिति कार्तिक २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन लागेको अध्यक्ष सहदेव राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिनुभयो।
उक्त महायज्ञ मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण, अक्षयकोष वृद्धी तथा “सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल” निर्माण गर्ने अभियानलाई अझ सशक्त बनाउन आयोजना गरिएको हो।
मानवसेवा आश्रमले देशभरका बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, अनाथ तथा सडकमा बसोबास गर्न बाध्य भएका नागरिकहरूलाई उद्धार गरी आश्रय, उपचार, पुनःस्थापना र पुनर्मिलनको कार्य गर्दै आएको छ।
समाजसेवामा अग्रसर मानसिंह छन्त्यालज्यूको यो सहयोगले समाजमा सेवा र मानवीयताको प्रेरणा थप सशक्त बनाउने विश्वास लिइएको छ।
















































































































































































