बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर जारी छ । महायज्ञ सुरु नहुँदै बागलुङका मनकारी दाताहरुले उदारतापूर्वक सहयोग गरिरहेका छन् ।
यसै क्रममा गलकोट नगरपालिका–६, नेपानी निवासी आमा मसिना बस्नेत, छोरा कमलबहादुर बस्नेत, अभिजित बस्नेत र छोरी शील्पा बस्नेतले स्व। जगतबहादुर बस्नेतको स्मृतिमा १ लाख १ हजार रुपैयाँ प्रदान गरेको महायज्ञ समितिका सचिव युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
आश्रमको भवन निर्माण तथा अक्षयकोष सुदृढीकरणका उद्देश्यले आयोजित श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञ कार्तिक २१ गतेदेखि निरयघाटमा सुरु हुँदैछ । महायज्ञमा कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुहुनेछ ।
















































































































































































