२१ भाद्र २०८३, आईतवार

 

समाजसेवी कुमार खड्का र श्रीमती तुलसी खड्काद्वारा आश्रमको भवन निर्माण गर्न १ लाख प्रदान

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको कालिका भगवती गुठीका अध्यक्ष तथा समाजसेवी, व्यवसायी कुमार खड्का, श्रीमती तुलसी बरूवाल खड्का र आमा देवी कुमारी खड्काले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको कुमार खड्काले नयाँ विश्वलाई बताउनुभयो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung