बागलुङ । मानवसेवा आश्रम बागलुङको भवनमा एक कोठा निर्माण समाजसेवी तथा व्यवसायीहरु रामचन्द्र राजभण्डारी, श्रीमती लक्ष्मी राजभण्डारी, छोरा लपचन राजभण्डारी, सुभाषचन्द्र राजभण्डारी श्रीमती अनीता राजभण्डारी, सुदेशचन्द्र राजभण्डारी, स्मिता राजभण्डारी र प्रकाश राजभण्डारी श्रीमती रिजु राजभण्डारीले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।
बागलुङ नगरपालिका ३ निवासी किनारा टोल निवासी राजभण्डारी परिवारका सदस्यहरुले शनिबार उक्त रकम प्रदान गर्नु भएको हो ।
आमा महालक्ष्मी राजभण्डारी र बुबा लालबहादुर राजभण्डारीको स्मृतिमा आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको समाजसेवी सुभाषचन्द्र राजभण्डारीले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
तस्बिर:मानवसेवा आश्रम बागलुङ



















































































































































































