२१ भाद्र २०८३, आईतवार

 

बागलुङ नगरपालिका वडा नम्बर ४ द्वारा कोठा निर्माण गर्न आश्रमको महायज्ञलाई पाँच लाख प्रदान

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवनमा एक कोठा निर्माण गर्न बागलुङ नगरपालिका-४ नंम्बर वडा कार्यालयले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । बानपा-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री र वडा सदस्य अर्जुन सापकोटाले शनिबार उक्त रकम प्रदान गर्नु भएको हो ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले नयाँ विश्वलाई बताउनुभयो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung