२१ भाद्र २०८३, आईतवार

 

समाजसेवी रामप्रसाद श्रेष्ठ र श्रीमती मिठु श्रेष्ठद्वारा आश्रमको भवन निर्माण गर्न १ लाख पचास हजार प्रदान

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बानपा २ आवा रोड निवासी समाजसेवी रामप्रसाद श्रेष्ठ, श्रीमती मिठु श्रेष्ठ, छोरी मञ्जु श्रेष्ठ, छोराहरु राजु श्रेष्ठ र राजेश श्रेष्ठले १ लाख पचास हजार एक सय पाँच रुपैयाँ प्रदान गर्नुभएको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको रामप्रसाद श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung