२२ भाद्र २०८३, सोमबार

 

समाजसेवी शिवप्रसाद शर्मा र श्रीमती धनमाया शर्माद्वारा आश्रमको महायज्ञलाई ५१ हजार प्रदान

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका -३ शिवाबारी टोल निवासी समाजसेवी शिवप्रसाद शर्मा र श्रीमती धनमाया शमाले ५१ हजार ५ सय पाँच रुपैयाँ सोमबार प्रदान गरेका छन् ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको समाजसेवी तथा बागलुङ नगरकार्यपालिका सदस्य धनमाया शर्माले नयाँ विश्वलाई बताइन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung