बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बुबा यज्ञनाथ पौडेल, आमा इन्दिरा शर्मा छोरा बुहारी दयाराम पौडेल, शोभा पौडेल, भाईहरु नारायण पौडेल, गणेश पौडेल, छोरा सन्देश पौडेल, छोरी सृष्टि पौडेल, ज्वाई सुवर्ण मैनाली, छोरी सदिच्छा पौडेलले १ लाख १ हजार १ सय ९९ मंगलबार प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेलले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































