२२ भाद्र २०८३, सोमबार

 

श्रेष्ठ परिवारद्वारा मानवसेवा आश्रमको महायज्ञलाई १ लाख ११ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-३ देउराली चोक जन्म घर भई हाल काठमाडौं महानगरपालिका-४ पासिकोट निवासी बुबा महेन्द्र प्रसाद श्रेष्ठ आमा समीर कुमारी श्रेष्ठ, छोराहरु कवीन्द्र प्रसाद श्रेष्ठ , रवीन्द्र प्रसाद श्रेष्ठ र छोरी शुषम कुमारी श्रेष्ठले रु १ लाख ११ हजार १ सय ११ बुधबार प्रदान गरेका छन् ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको कवीन्द्र प्रसाद श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो । श्रेष्ठ परिवारले आश्रमको संस्थागत विकासको लागि यस अघि पनि दुई लाख सहयोग गरेको थियो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung