बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले मानव सेवा आश्रममा कोठा निर्माण गर्ने ५ लाख २७ हजार ७ सय ८५ सहयोग गरेको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवनमा एक कोठा बनाउन रु ५ लाख २७ हजार ७ सय ८५ प्रदान गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका सचिव दिपकचन्द्र प्रधानले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका सदस्य सम्पूर्ण नारायण भारीले बताउनुभयो।
आश्रममा कोठा निर्माण गर्न बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले संस्थागत रुपमा रु १ लाख ११ हजार १ सय ११, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वं प्रकाश श्रेष्ठले रु २५ हजार ५, उपाध्यक्ष किस्मतमणि श्रेष्ठले रु २५ हजार ५, सचिव दिपकचन्द्र प्रधानले रु १ लाख ५ हजार ५ सय ५५, शहिद छोरा सौरन किशोर श्रेष्ठको स्मृतिमा सहसचिव बसन्त किशोर श्रेष्ठ श्रीमती निरु श्रेष्ठले रु २५ हजार ५, कोषाध्यक्ष जिद्धिराज श्रेष्ठ र श्रीमती रमिला श्रेष्ठले रु २५ हजार ५ सय ५, सदस्यहरु छोरी अनुजा भारीको स्मृतिमा सम्पूर्ण नारायण भारी श्रीमती संगम भारीले रु १ लाख ११ हजार १ सय ११, निर्मला श्रेष्ठले रु २५ हजार ५, केमिकल शाक्यले रु २५ हजार ५, सुनिल सन शाक्य, श्रीमती शोसिल शाक्यले रु २५ हजार ५, बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठले रु २५ हजार ५ सहयोग गरेका छन् ।
भवन निर्माणका लागि आयोजना भएको महायज्ञमा उत्साहजनक रुपमा आर्थिक सहयोग आइरहेको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































