बागलुङ । मानवसेवा आश्रम बागलुङको भवनमा अक्षय कोष स्थापना गर्न बागलुङ नगरपालिका-२ निवासी श्री राज्यलक्ष्मी सुनचाँदी गहना पसलका सञ्चालक कविराज सुनार र श्रीमती जुनु सुनार, छोराहरु सफल राज सुनार, सभ्यराज सुनारले रु ५ लाख २५ हजार २ सय ७५ रुपैयाँ प्रदान गर्नुभएको छ ।
आश्रमको भवन निर्माण गर्न र कोष निर्माण गर्ने पवित्र उद्देश्यका सञ्चालन भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको बागलुङ सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कविराज सुनारले नयाँ विश्वलाई बताउनुभयो ।
आश्रमलाई संस्थागत रुपमा दिगो ढंगले नियमित सञ्चालन गर्न समस्या नआओस भनेर कोष स्थापना गरेको सुनारले बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

















































































































































































