बागलुङ । प्रवासमा रहेर पनि जिल्लाको विकासमा सघाउदै आएको बागलुङ समाज बेल्जियमले मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि ३ लाख ३८ हजार २ सय २७ रुपैयाँ शनिबार सहयोग प्रदान गरेको छ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको बागलुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ २९ गते समापन हुँदैछ ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।
















































































































































































