२३ भाद्र २०८३, मंगलवार

 

दिपकचन्द्र प्रधान र श्रीमती कमला देवी प्रधानद्वारा आश्रमको महायज्ञलाई १ लाख सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-३ धौलागिरि चोक जन्म घर भई हाल काठमाडौं महानगरपालिका-२२ वटु निवासी दिपक कुमार प्रधान श्रीमती कमला देवी प्रधान छोरा दिपुश प्रधान, छोरी दिपिका प्रधानले बुबा दिल प्रसाद प्रधान र आमा गंगा देवी प्रधानको स्मृतिमा रु १ लाख ५ हजार ५ सय ५५ सहयोग प्रदान गरेका छन् ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौका सचिव दिपकचन्द्र प्रधानले नयाँविश्वलाई बताउनुभयो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung