२३ भाद्र २०८३, मंगलवार

 

स्वास्थ्यकर्मी दुर्गा श्रीसद्वारा आश्रमको महायज्ञलाई २१ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बरेङ गाउँपालिका-२ बाह्रकोट निवासी धौलागिरि प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी दुर्गा श्रीसले रु २१ हजार २ सय ५५ सहयोग प्रदान गरेको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको स्वास्थ्यकमी दुर्गा श्रीसले नयाँविश्वलाई बताइन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गतेसम्म सञ्चालन भएको महायज्ञमा ९ करोड ७० लाख संकलन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung