२१ भाद्र २०८३, आईतवार

 

ईश्वर श्रेष्ठ र श्रीमती सोनी श्रेष्ठद्वारा आश्रमको महायज्ञलाई २५ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका–३ सुलडाँडा जन्म घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बसोबास गर्नुहुने ईश्वर श्रेष्ठ र बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले रु २५ हजार १ सय ११ सहयोग प्रदान गरेका छन् ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्तिक २९ गतेसम्म सञ्चालन भएको महायज्ञमा ९ करोड ७० लाख संकलन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung