२१ भाद्र २०८३, आईतवार

 

युक्त प्रसाद सुवेदी र श्रीमती जानकी सुवेदीद्वारा आश्रमको महायज्ञलाई ५३ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका–२ गोल्डेनगेट चोक निवासी श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका सचिव युक्त प्रसाद सुवेदी, श्रीमती जानकी सुवेदीले रु ५३ हजार ३ सय ५३ सहयोग प्रदान गरेकी छिन् ।

बुबा एकनाथ उपाध्यायको स्मृतिमा श्रीमती हुममती उपाध्याय, छोरा युक्त प्रसाद सुवेदी, बुहारी जानकी सुवेदीले आश्रमको भवन निर्माण र कोष स्थापनाको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको युक्त प्रसाद सुवेदीले नयाँविश्वलाई बताउनुभयो ।
सुवेदी परिवारले सामाजिक, जनस्वास्थ्य, धार्मिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट रु ९ करोड ६९ लाख संकलन भएको छ । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung