२१ भाद्र २०८३, आईतवार

 

वडा अध्यक्ष जितबहादुर खत्रीद्वारा आश्रमको महायज्ञलाई २१ हजार सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि ताराखोला गाउँपालिका-४ का वडा अध्यक्ष जितबहादुर खत्रीले रु २१ हजार १ सय २१ सहयोग प्रदान गरेको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष जितबहादुर खत्रीले नयाँविश्वलाई जानकारी दिनु भयो ।

खत्री परिवारले सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन भएको श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञको अन्तिम दिनसम्म रु ९ करोड ६९ लाख संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै रु ४ करोड आवश्यक रहेको आश्रमले जनाएको छ । महायज्ञमा भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम कोषमा राख्ने आयोजकले जनाएको छ ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung