३ श्रावण २०८३, आईतवार

 

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङको अध्यक्षमा जिवननाथ शर्मा

बागलुङ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङका अध्यक्षमा जिवननाथ शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङको साधारणसभा तथा सातौँ अधिवेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।

समितिको उपाध्यक्षमा टिकाराम गौतम, सचिवमा तिलक खड्का, कोषाध्यक्षमा किशोर सापकोटा र सहसचिवमा सुभाष शर्मामा रहेका छन् । साथै सदस्यहरुमा देवी कुमारी शर्मा, नारायण शर्मा, रामराज गुरुङ र धनप्रसाद जोर्मि निर्वाचन समितिका संयोजक ध्रुव शर्माले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

साधारणसभामा विसं २०२१ सालमा बागलुङ बजारमा पुस्तक पसल स्थापना गर्नु भएका लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक तथा स्टेशनरी सेन्टरका संचालक लालचन्द्र राजभण्डारी, जनसेवा अफसेट प्रेसका संचालक रामराज गुरुङ र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङका पूर्वअध्यक्ष तथा सगरमाथा स्टेशनरीका संचालक ध्रुव प्रसाद शर्मालाई  कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेल र बागलुङका अध्यक्ष डिल्ली राज शर्माले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नु भएको थियो ।

साधारणसभाले सचिव जिवननाथ शर्मा र कोषाध्यक्ष किशोर सापकोटाले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको थियो ।

साथै  गण्डकी प्रदेशको भलाई कोषबाट राहत स्वरुप संस्थाका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङका सहसचिव सुभाष शर्माको बुबाको निधनमा नगद बिस हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेल, गण्डकी प्रदेशका कोषाध्यक्ष ठाकुर प्रसा शर्मा, गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष लिला राम गौतम, सम्मानित व्यक्तित्व लालचन्द्र राजभण्डारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष गोविन्द गौतम, म्याग्दीका अध्यक्ष नारायण शर्मा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङका पूर्वअध्यक्ष तथा सगरमाथा स्टेशनरीका संचालक ध्रुव प्रसाद शर्मानयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य गरेका थिए ।

कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङका अध्यक्ष डिल्ली राज शर्माको अध्यक्षता, उपाध्यक्ष टिकाराम गौतमको स्वागत र सचिव जिवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung