गलकोट । बागलुङको गलकोट नगरपालिका-७ मल्म आँगाखेतमा राहात सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल समाज एसोसियन स्पेन र एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काले स्पेनमा निधन भएका घनश्याम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।
गलकोट नगरपालिका – ७ मल्म आँगाखेत घर भई रोजगारिको शिलशिलामा स्पेनको कास्पेमा निधन भएका घनश्याम केसी परिवारलाई वडा अध्यक्ष राजबहादुर थापाले सहयोग प्रदान गरिएको सहयोग अभियानका संयोजक रुद्रबहादुर खत्रीले बताउनुभयो ।
केसीको परिवारमा सहयोगका लागि नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ, एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्का स्पेनद्वारा सयुंक्त रुपमा सहयोग अभियान मार्फत संकलन गरेको कुल रकम रु ७ लाख ४६ हजार ६ सय गलकोट नगरपािलका ७ वडा कार्यालय मार्फत परिवारमा हस्तान्तरण गरिएको हो ।
गलकोट नगरपालिका-७ का वडा अध्यक्ष राजबहादुर थापाले के।सीको निधनले परिवारमा ठुलो क्षेति पुगेको बताउँदै सहयोग रकम बालबालिकाको शिक्षा दिक्षा लगाएतका ठाँउमा सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा रकम संकलन गर्न सहयोग गर्ने नेपाल समाज एसोसियसनका अध्यक्ष केशरबहादुर थापा, एनआरएनए कोष्टाब्लाङ्काका अध्यक्ष विपिन कुमार बिसी लगायत दुबै संस्थाका पदाधिकारी तथा सदस्य तथा सहयोग गर्ने सहयोगदाताहरु प्रति आभार व्यक्त गरिएको थियो ।
रोजगारिको सिलसिलमा स्पेनमा रहनुभएका १ सय बढि नेपाली दाजुभाई तथा दिदीबहिनीबाट ४ हजार ४ सय २९ युरो संकलन गरि परिवारमा राहत सहयोग प्रदान गरिएको अभियानका सहजकर्ता विजय थापाले बताउनुभयो ।
कार्यक्रम सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो । घनश्याम केसीको ३५ वर्षको उमेरमा निधन भएको थियो । उहाँको श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ ।
गलकोटएफएमबाट













































































































































































































