३ श्रावण २०८३, आईतवार

 

ट्राफिक चोकबाटै छुट्नुपर्ने माग गर्दै मिनी बसका चालकद्वारा चक्काजाम

बागलुङ । बागलुङ–कुश्मा चल्दै आएका छोटा दुरीका मिनीबसले नयाँ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् ।

बागलुङ–कुश्मा १४ वटा मिनीबस १५ मिनेटको दुरीमा छुट्दै आएका छन् ।

उनिहरुले नयाँ बसपार्क उपल्लचौरबाट १४६ रुपैया पार्कीङ शुल्क तिर्न नसक्ने र यात्रुको माग अनुसार उपल्लाचौर पुग्न नसक्ने बताउदै आएका छन् ।

उनिहरुले कर्मचारी, विद्यार्थीलाई बजार छोड्नुपर्ने भन्दै रामरेखाको बाटो उपल्लाचौर पुग्न नसक्ने माग राखेर सडक चक्काजाम गरेका छन् ।

सडक ठप्प भएपछि लामो तथा छोटो दुरीकाका लागि छुटेका बस तथा जिपहरु गन्तव्यतर्फ जान सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् । उनीहरुले अत्यावश्यकको सवारीसाधन भने छुटाएको जनाएका छन् ।

छोटो दुरीका बसलाई पार्कीङ शुल्कका नाममा व्यवसायबाट पलायन बनाउन खोजेको गुप्तेश्वर यातयात प्रालिका सचिव लक्ष्मण जिसीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung