३ श्रावण २०८३, आईतवार

 

चुनावका लागि छुट्टै बैक खाता खोल्दै बागलुङका उम्मेदवार

बागलुङ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा छन् । आर्थिक पारदर्शीताका लागि निर्वाचन आयोगको निर्देशनमा उम्मेदवार छुट्टै खाता सन्चालनको तयारीमा छन् ।

बागलुङ क्षेत्र नम्बर एकमा ६ र दुई मा ६ गरी १२ उम्मेदवारले चुनावी खाता खोल्न अनुमती लिइसक्नुभएको छ भने एक उम्मेदवारले खाता सन्चालन गरिसक्नुभएको छ ।

बागलुङका उम्मेदवारले बढीमा २९ लाखसम्म खर्च गर्न सक्ने सिमा तोकिएको छ । निर्वाचनमा आर्थिक चलखेल नियन्त्रण गर्नका लागि तथा खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुमगन गर्ने संयन्त्र बनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गरिने खर्चमा कडाइ गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बताउनुभयो । निर्वाचन आचार संहिताको अनुगमन गर्ने छुट्टै र खर्चको सिमा अनुगमन गर्ने छुट्टै संयन्त्र तयार गरिएको उहाँले बताउनुभयो ।

उहाँले बागलुङका उम्मेदवारहरुले निर्वाचनका लागि छुट्टै खाता खोल्न उम्मेदवारलाइ आग्रह गरेकोमा उम्मेदवारहरु छुट्टै निर्वाचनका लागि खाता खोल्ने तयारीमा जुटेको बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख किशोर कुमार श्रेष्ठको संयोजकत्वमा खर्च आचार संहिता अनुगमन भइरहेको छ । निर्वाचन आयोगले बागलुङका उम्मेदवारलाई भौगोलिक हिसाबले दिएको खर्च सिमा रु २९ लाख भित्र रहेर निर्वाचनको मैदानमा खटिन यहाँका उम्मेदवारहरु समेत प्रतिबद्धता रहेको अधिकारीले बताउनुभयो ।

खर्च अनुगमन समितिका संयोजक कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख किशोर कुमार श्रेष्ठले बागलुङका २३ उम्मेदवार मध्ये १२ जना उम्मेदवारहरु निर्वाचनका लागि छुट्टै खाता खोल्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयको सिफारिसमा निर्वाचन खाता खोल्ने व्यवस्था उम्मेदवारहरुलाई दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung