३ श्रावण २०८३, आईतवार

 

गुठी संस्थानका अध्यक्ष पोखरेललाई कालिका भगवती मन्दिरमा स्वागत

बागलुङ । गुठी संस्थानका अध्यक्ष रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागत गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिका सचिवमा सचिन खड्काले पोखरेललाई मायाको चिनो प्रदान गर्नु भएको छ ।

मन्दिरको दर्शनको लागि बागलुङ आउनुभएका गुठी संस्थानका अध्यक्ष पोखरेललाई समितिका पदाधिकारी र सदस्यहरुले सोमबार विहान मन्दिर परिसरमा स्वागत गरेका थिए ।

यस क्षेत्रको शक्ति पिठ कालिका भगवती मन्दिरलाई भक्तजनको चाहाना र माग अनुसार अझ राम्रो व्यवस्थापन गरी यो मन्दिरलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्नु पर्ने गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले बताउनुभयो ।

समितिले आगामी दिनमा मन्दिरको व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने सचिव सचिन खड्काले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung