३ श्रावण २०८३, आईतवार

 

बजाजको नयाँ पल्सर २२० एफ बागलुङमा सार्वजनिक, मूल्य ४ लाख ३९ हजार ९ सय

बागलुङ । बजाज मोटरसाईकलले आफ्नो पल्सर सिरिज अन्तर्गतको २२० एफआइ एबीएस नयाँ ग्रफिक्स र सुरक्षा फिचर थप गरेर बागलुङ बजारमा बिक्री सुरु भएको छ । उक्त मोटरसाईकल बागलुङ नगरपालिका-१ रामरेखास्थित शिव शक्ति अटोमोबाइल्सले बजारमा ल्याएको हो ।

उक्त नयाँ बाइकको बजार मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ राखिएको छ ।

नयाँ बाइकमा सिंगल–च्यानल एबीएस दिइएको छ भने, सुरक्षाका लागि रियर लिफ्ट–अफ प्रोटेक्सन दिइएको छ । यसमा ग्राफिक तथा इन्जिन नयाँ प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

नयाँ बाइक क्रोम ब्ल्याक, लेसर ब्ल्याक, डिनो रेड र न्यूक्लियर व्ल्यू गरी चार कलर अप्सन दिइएको छ भने २२० सीसी, आयल–कुल्ड इन्जिन दिइएको छ जसले २१ बीएचपी पावर र १९ एनएम टर्क उत्पादन गर्ने शिव शक्ति अटोमोबाइल्सका संचालक शिव शंकर शाहले नयाँ विश्वलाई बताउनुभयो ।

यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ । त्यस्तै, यस बाइकको फ्रन्टमा २६० एमएम डिस्क ब्रेक र रियरमा २३० एमएम डिस्क ब्रेक दिइएको छ ।

उक्त बाइक खरीदमा सात हजारसम्म छुटको व्यवस्था गरिएको शिव शक्ति अटोमोबाइल्सका संचालक रोहित शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung