३ श्रावण २०८३, आईतवार

 

नारायण चोकमा हनुमानको मूर्ति प्राण प्रतिष्ठा

बागलुङ । अष्टमीको अवसरमा बागलुङ नगरपालिका-३ नारायण चोकमा हनुमानको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।

मन्दिरमा मंगलबार दिउँसो ५ बजेको शुभ मुर्हतमा जयप्रकाश श्रेष्ठ र श्रीमती रिता श्रेष्ठले भगवान हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका छन् । धर्म तथा संस्कृतिको रक्षा र विकासको लागि मूर्ति प्राण प्रतिष्ठा गरिएको जय प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्राण प्रतिष्ठाको कार्यक्रममा भक्तजन, समाजसेवी र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो । प्राण प्रतिष्ठासँगै मन्दिरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएको छ ।

जयप्रकाश श्रेष्ठ र श्रीमती रिता श्रेष्ठले हनुमान नाच संरक्षण परिषद बागलुङका अध्यक्ष तीर्थ प्रसाद श्रेष्ठलाई १ लाख ५ हजार सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सोहि दिन श्रेष्ठ परिवारले हनुमान नाचको एकल पूजा पनि राखेको हनुमान नाच संरक्षण परिषद बागलुङका उपाध्यक्ष मनोविज्ञान श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।

श्रेष्ठ परिवारले मानविय, शैक्षिक र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung