३ श्रावण २०८३, आईतवार

 

नबिल बैंकद्वारा डिजिटल लाउन्ज सेवा सुरु

बागलुङ। नबिल बैंकले नबिल हाउसमा आधुनिक डिजिटल लाउन्ज सेवा सुरु गरेको छ। बैंकले ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरेको हो। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा डिजिटल लाउन्ज उद्घाटन गरे।

अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटली २४ सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए। उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैँ अब्बल रहेको बताए। लाउन्जमा ग्राहकले एटिएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक जम्मा गर्न सक्नेछन्।

सिइओ ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको बताए। बैंकका यसै प्रकृतिका डिजिटल लाउन्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन्।

कार्यक्रममा बैंकका सञ्चालक प्रबिन टिवडेवाला, अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भूपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी तथा ज्ञानेन्द्रप्रताप शाहलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung