३ श्रावण २०८३, आईतवार

 

बडिगाडमा जिप दुर्घटना, चार घाइते

बागलुङ । बडिगाडबाट हटिया जाँदै गरेको ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ९ बजे दुर्घटनामा परेको छ ।

उकालो चढ्ने क्रममा ब्रेक फेल भई गाडी अनियन्त्रित हुँदा सडकबाट करिब २५ मिटर तल खसेको छ । दुर्घटनामा गाडीमा सवार ४ जनामध्ये २ जना गम्भीर घाइते भएका छन् भने अन्य २ जनालाई सामान्य चोट लागेको छ ।

गम्भीर घाइते हुनेमा ७२ वर्षिय याम बहादुर श्रीस रहेका छन्, उनको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसैगरी ५७ वर्षिय वेद बहादुर श्रीसको तल्लो भागमा गम्भीर चोट लागेको बताइएको छ ।

त्यस्तै, ४० वर्षिय लिल बहादुर श्रीस, को पेट तथा कोखमा चोट लागेको छ भने २० वर्षिय चालक सुनिल वि.क. लाई बाहिरी चोट नदेखिएको जानकारी प्राप्त भएको छ।

स्थानीय हिमाल श्रीसका अनुसार गाडी उकालोमा अचानक ब्रेक फेल भएपछि नियन्त्रण बाहिर गई सडकबाट तल खसेको हो। दुर्घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारगरी गलकोट नगर अस्पतला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung