बागलुङ । कालिका भगवती गुठी बागलुङको प्रेस सल्लाहकारमा राजेशचन्द्र राजभण्डारी चयन भएका छन् ।
कालिका भगवती गुठीको बैठकले राजभण्डारीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन् । राजभण्डारी यसअघि पनि कार्यसमितिका सदस्य रहि सकेका छन् ।
कालिका भगवती मन्दिरलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न र यस गुठीलाई संस्थागत रुपमा अगाडि बढाउन आफू क्रियाशिल रहने राजभण्डारीले बताउनुभयो ।
मन्दिरको प्रचार प्रसार र सबै सरोकारवालाहरुसँग जनसम्पर्क अझ प्रभावकारी ढंगले बढाउनको लागि पहल गर्ने राजभण्डारीको भनाई थियो । राजभण्डारी यसअघि पनि गुठीको प्रेस सल्लाहकार थिए ।














































































































































































































