बागलुङ । धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको छैठौं साधारण सभाले चित्रबहादुर केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजु शर्मा, उपाध्यक्ष भुपेन्द्र शर्मा, महासचिवमा नविन कार्की सचिवमा कविन्द्र बोहोरा, सहसचिवमा लोकेन्द्र विक र कोषाध्यक्षमा लोकबहादुर खड्का रहेका छन् ।
साथै सदस्यहरुमा भिमबहादुर विक, ईन्द्र प्रसाद पोडेल, अकिलबहादुर क्षेत्री, राजेन्द्र लामगाते रहेका छन् ।
कार्यक्रम धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको अध्यक्ष शिव शंकर शाहको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष चित्रबहादुर केसीको स्वागत र महासचिव राजु शर्माको संचालनमा सम्पन्न भएको थियो ।
विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाईल्स व्यवसायी संघमा ७६ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट ४ सय ५० जना श्रमिकले रोजगारी पाएका छन् ।



तस्बिर:साझा जनआवाज













































































































































































































