बागलुङ । गण्डकी प्रदेशमै पहिलोपटक बागलुङमा बजाजको चेतक स्कुटर बागलुङमा भित्रएको छ ।
बागलुङ नगरपालिका-१ रामरेखास्थित शिवशक्ति अटो मोबाइल्सले बजाज कम्पनीको विद्युतीय स्कुटर ‘चेतक’ बागलुङमा भित्राएको छ ।
पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक ६१ हजार बचतको योजना देखाउदै चेतकले आफनो स्कुुटर सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१ रामरेखास्थित बजाज मोटरसाइकलको शोरुममा बिहीबारदेखि विद्युतीय स्कुटर सार्वजनिक गरेर बिक्री गर्न थालिएको शिवशक्ति अटो मोबाइल्सका सञ्चालक शिवशङ्कर शाहले बताउनुभयो ।
उहाँले गण्डकी प्रदेशको पोखरामा समेत आइनसकेको चेतकलाई बागलुङ ल्याएको जानकारी दिनुभयो ।
स्कुटरको सुरुको मूल्य अफर सहित रु तीन लाख २४ हजार ९०० रहेको शिव शक्ति अटोमोबाइल्सका संचालक रोहित शाहले जानकारी दिनुभयो ।
स्कुटरको वास्तविक मूल्य भने रु तीन लाख ३९ हजार ९०० सय रहेको छ । स्कुटर एकपटक फुल जार्च गरेपछि एक सय ३० किमिसम्म गुड्ने बताउदै पहाडी भूगोलमा समेत स्कुटर जाने बताउनुभयो ।
चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री, टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल लगायतको सुविधा रहेको छ ।
पुराना बाइक र स्कुटरसँग एक्सचेन्ज अफर पनि भएको र तत्काल फाइनान्सको पनि सुविधा रहेको छ ।
















































































































































































































