बागलुङ । बागलुङमा चैत्राष्टमी मेलामा तीन लाख राशिको पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।आगामी चैत दोस्रो सातादेखि उक्त प्रतियोगिता हुने भएको छ ।
\चैत १० देखि १४ गतेसम्म चैत्राष्टमी मेला सञ्चालन हुने कालिका भगवति व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
मेलाको अवसरमा हुने कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले तीन लाख रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
द्वितीयले एक लाख ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र र सेमिफाइनल उपविजेताले ५० हजार रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार नगद प्रदान गरिनेछ ।
कालिका भगवती मन्दिरलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्दै खेलकुदका माध्यमबाट बागलुङलाई परिचित गराउन, प्रतिभावान खेलाडीलाई सम्मान र उदयमान खेलाडीको खेल कौशलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको समितिका सचिव सचिन खड्काले जानकारी दिनुभयो ।
साथै मेलामा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुने कलाकारलाई दुई लाख, द्वितीय हुने कलाकारलाई एक लाख, तृतीय हुने कलाकारलाई ५० हजार र सर्वोत्कृष्ट गायकलाई पाँच हजार रुपियाँ प्रदान गरिने छ ।
यसैगरी छेलो प्रतियोगितामा विजयी खेलाडीले ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
मेलामा रेष्टुरेष्ट प्रयोजनका लागि २० वटा स्टल राखिनेछ ।मेलाका लागि करिब ५५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि कालिका भगवति गुठीबाट २० लाख, सहआयोजक तथा प्रायोजक संस्थाहरुबाट ८ लाख, रमाइलो मेलाबाट १३ लाख, विभिन्न क्षेत्रबाट आर्थिक सहयोग नौ लाख, स्टलबाट तीन लाख र दर्ता शुल्कबाट दुई लाख नगद सङ्कलन हुने अपेक्षा गरिएको कालिका गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष अर्जुन खड्काले बताउनुभयो ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले दुई लाख, द्वितीयले एक लाख, तृतीय हुनेले ५० हजार र सर्वोत्कृष्ट गायनलाई पाँच हजार रुपियाँ दिइनेछ ।
यसैगरी, छेलो प्रतियोगितामा विजयीले ३० हजार पाउने छने भने मेलामा रेष्टुरेष्ट प्रयोजनका लागि २० वटा स्टल राखिएको कालिका गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।













































































































































































































