३ श्रावण २०८३, आईतवार

 

धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको प्रेस सल्लाहकारमा राजभण्डारी

बागलुङ ।धौलागिरी अटोमोबाईल्स व्यवसायी संघ बागलुङको प्रेस सल्लाहकारमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् ।

संघको फागुणमा सम्पन्न बैठकले राजभण्डारीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन् ।

बागलुङको अटोमोबाईल्स व्यवसायको प्रचारप्रसार गर्न र संघलाई संस्थागत रुपमा अगाडि बढाउन आफू क्रियाशिल रहने राजभण्डारीले बताउनुभयो ।

अटोमोबाईल्स क्षेत्रको प्रचार प्रसार र सबै सरोकारवालाहरुसँग जनसम्पर्क अझ प्रभावकारी ढंगले बढाउनको लागि राजभण्डारीबाट महत्वपूर्ण भूमिका हुने विश्वास लिएको धौलागिरी अटोमोबाईल्स व्यवसायी संघका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।

राजभण्डारी यसअघि पनि संघको प्रेस सल्लाहकार थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung