बागलुङ । सामुदायिक सेवा केन्द्र बागलुङद्धारा जेष्ठ नागरिक दिवा सेवा, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तहरुको उद्धार र सेवाको लागि श्याम श्रेष्ठले रु २५ हजार ५ सय ५५ सहयोग प्रदान गरेका छन् ।
सामुदायिक सेवा केन्द्रको दिवा सेवा संचालन र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको श्रीमद् भागवत महापुराण पितृ सप्ताहलाई सफल बनाउन आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजसेवी श्रेष्ठले नयाँविश्वलाई जानकारी दिनु भयो ।
श्रेष्ठ परिवारले सामाजिक, शैक्षिक, मानविय, धार्मिकलगाएतको क्षेत्रमा नियमित रुपमा सहयोग गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा सेवा केन्द्रको आधुनिक भवन निर्माण गर्ने लक्ष्यसहित चैत्र २१ गतेदेखि सुरु भएको महापुराण चैत्र २७ गते समापन हुने श्रीमद् भागवत महापुराण पितृ सप्ताहका अध्यक्ष लिला देवी खड्काले जानकारी दिइन् ।
महापुराणबाट संकलन भएको रकम भवन निर्माणको लागि लाग्ने रकम बाहेक अरु रकम श्रीवृद्धिमा लगानी गरिने आयोजकले जनाएको छ ।
यस महापुराणबाट प्राप्त रकमबाट लागुऔषध नियन्त्रण, साइबर अपराधको बारेमा सचेतना शिक्षा चलाउने, घरेलु हिंसा, महिला हिंसा, बालश्रम शोषणको बारेमा जनचेतना कार्यक्रम संचालन गर्ने, दैवी प्रकोप निको बारेमा जानकारीमुलक कार्यक्रम पनि संचालन गरिने महापुराणकी संयोजक खड्काले नयाँ विश्वलाई जानकारी दिइन् ।
महापुराणको कथा वाचन पंडित तीर्थराज उपाध्यायले गर्नुभएको थियो ।













































































































































































































