३ श्रावण २०८३, आईतवार

 

धौलागिरि कालिका यातायातको अध्यक्षमा दिनेश बोहोरा, महासचिवमा भरत गौतम

बागलुङ । धौलागिरि कालिका यातायात प्रालिको अध्यक्षमा दिनेश बोहोरा सर्वसम्मत चयन हुनु भएको छ । आइतबार सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनले बोहोराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा भिमबहादुर केसी, महासचिवमा भरत गौतम, सचिवमा पदमबहादुर कार्की र कोषाध्यक्षमा हेमलाल खरेल चयन भएका छन् ।

अधिवेशन उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यातायात क्षेत्रलाई नाफामुखी नभएर सेवामुखी बनाउन आग्रह गर्नुभयो ।

धौलागिरि कालिका यातायात प्रालिमा २ सयभन्दा बढी जिप सञ्चालनमा रहेका छन् भने बागलुङबाट पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, बेनी, बुर्तिवाङ, बरेङ लगायतका क्षेत्रमा सेवा दिँदै आएको अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।

आर्दशसंचारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung