बागलुङ । धौलागिरि कालिका यातायातको नयाँ कार्यसमितिको पदस्थापन मंगलबार सम्पन्न भएको छ ।
धौलागिरि कालिका यातायातको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष दिनेश बोहोरा, वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा भिमबहादुर केसी, महासचिवमा भरत गौतम, सचिवमा पदमबहादुर कार्की र कोषाध्यक्षमा हेमलाल खरेललाई वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्माले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
धौलागिरि कालिका यातायातका नवनिर्वाचित अध्यक्ष दिनेश बोहोराले कालिका यातायातको संस्थागत विकास र यातायात व्यवसायीको हकहितमा आफू केन्द्रीत हुने बताउनुभयो ।
कार्यक्रममा धौलागिरि कालिका यातायातका निर्वतमान अध्यक्ष जयन्द्र राज पन्त, संरक्षक कुमार खड्का, पूर्वअध्यक्ष विष्णु अधिकारी, पूर्ववरिष्ठ उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
।कार्यक्रम धौलागिरि कालिका यातायातका अध्यक्ष जयन्द्र राज पन्तको अध्यक्षता र वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































