३ श्रावण २०८३, आईतवार

 

शताव्दी वर्षको अवसरमा बागलुङमा श्रीलक्ष्मी नारायण भगवानको रथयात्रा

बागलुङ । शताव्दी वर्ष पुगेको अवसरमा बागलुङ बजारमा भव्यताका साथ भगवान श्रीलक्ष्मी नारायण भगवानको रथयात्रा निकालिएको छ ।

प्रत्येक वर्ष द्धादशीको दिन नारायण चोकबाट रथयात्रा शुरु हुन्छ। लक्ष्मी नारायण भगवानको रथलाई बागलुङ बजारको विभिन्न चोक र टोल परिक्रमा गराइएको थियो ।

एक सय वर्षदेखि हरिबोधनी एकादशीको भोलि पल्ट लक्ष्मी नारायण भगवानको रथ निकाल्ने प्रचलन रहेको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले नयाँविश्वलाई बताउनुभयो ।

शताव्दी वर्षको अवसरमा पूजा, भजन किर्तन, लक्ष्यवत्ती प्रज्ज्वलन, सम्मान र प्रसाद वितरणको कार्यक्रम सम्पन्न भएको थियो ।

बागलुङ तत्कालिन संस्कृतिकर्मी टेकनारायण भारी, बहुद प्रसाद भारी (मानकाजी भारी) ,अश्विनी कुमार वझान्थाछेले विसं १९८३ मा बागलुङ नगरपालिका-३, नारायण चोकमा लक्ष्मीनारायण मन्दिरको स्थापना गर्नु भएको मन्दिरका सल्लाहकार सम्पूर्ण नारायण भारीले जानकारी दिनुभयो ।

लक्ष्मीनारायणको मूर्ति बनारसका बनाउन लगाएर बागलुङ ल्याइएको थियो । उहाँहरुले नै नारायण चोकबाट नै तायाः मचा नाच बागलुङ बजार परिक्रममा गराउने परम्परा बसालेका थिए ।

उहाँहरुले पाल्पामा परम्परागत रुपमा संचालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर आएपछि उक्त प्रचलन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung