३ श्रावण २०८३, आईतवार

 

ज्ञानोदय बुद्ध विहारद्वारा आश्रमलाई भोजन सहयोग

बागलुङ । ज्ञानोदय बुद्ध विहार बागलुङले मानव सेवा आश्रमलाई भोजन सहयोग गरेको छ ।

२५७०औँ बुद्ध जयन्तीको अवसरमा ज्ञानोदय बुद्ध विहारका अध्यक्ष लिलाम्बर बज्राचार्यले मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठलाई रु सात हजार पाँच सय हस्तान्तरण गर्नु भएको हो ।

मानव जातिको हितमा क्रियाशिल आश्रमलाई बुद्ध जयन्तीको अवसरमा सानो सहयोग प्रदान गरेको ज्ञानोदय बुद्ध विहार बागलुङका अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

बुद्ध जयन्तीको अवसरमा विहारले शिल प्रार्थना, बुद्ध पूजा, अक्षयकोषदाताहरुलाई सम्मान, मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन, बुद्धिचाल प्रतियोगिता, कल्प वृक्ष दान, शान्ति पदयात्रा, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, बुद्ध पूजा, धर्म देशना, रथ यात्रा र साँझ दिपावलीको कार्यक्रम आयोजना गरेको बुद्ध विहारका सचिव ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung