पर्वत । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ग १ ज ८६७५ नम्बरको ईभी गाडी पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका सबैलाई प्रदेश अस्पताल पर्वतमा उपचारका लागि लगिएको छ। उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गाडी चिप्लिएर सडक छेउको नालीमा खसेपछि दुर्घटना भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













































































































































































































